Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

रोनाल्डो ई-स्पोर्ट्स विश्वकप २०२५ का ब्रान्ड एम्बासडर

३२ जेष्ठ २०८२, शनिबार ०३:५२

काठमाडौं। ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुने ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

फाउन्डेशनले रोनाल्डोको सहभागिता ई-स्पोर्ट्सको लोकप्रियता बढाउने र परम्परागत खेलकुदसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्यसहित गरेको बताएको छ।

रोनाल्डोले ‘राइज एबभ’ भन्ने नाराको प्रवर्द्धन गर्दै विश्वकपको अभियान नेतृत्व गर्नेछन्। उनले ई-स्पोर्ट्सलाई परिश्रम, लगन र साहसको प्रतीक बताउँदै भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताएका छन्।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा २ हजार खेलाडी, २०० क्लब र १०० देश सहभागी हुनेछन्। प्रतियोगितामा २५ इभेन्ट र २४ खेलसहित ७ करोड डलरभन्दा बढी पुरस्कार राशी हुनेछ।

प्रतिक्रिया दिनुहोस्