Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
खेलकुद

रोनाल्डो ई-स्पोर्ट्स विश्वकप २०२५ का ब्रान्ड एम्बासडर

३२ जेष्ठ २०८२, शनिबार ०३:५२

काठमाडौं। ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुने ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ।

फाउन्डेशनले रोनाल्डोको सहभागिता ई-स्पोर्ट्सको लोकप्रियता बढाउने र परम्परागत खेलकुदसँगको सम्बन्ध मजबुत बनाउने लक्ष्यसहित गरेको बताएको छ।

रोनाल्डोले ‘राइज एबभ’ भन्ने नाराको प्रवर्द्धन गर्दै विश्वकपको अभियान नेतृत्व गर्नेछन्। उनले ई-स्पोर्ट्सलाई परिश्रम, लगन र साहसको प्रतीक बताउँदै भविष्यका खेलाडीलाई प्रेरित गर्ने बताएका छन्।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा २ हजार खेलाडी, २०० क्लब र १०० देश सहभागी हुनेछन्। प्रतियोगितामा २५ इभेन्ट र २४ खेलसहित ७ करोड डलरभन्दा बढी पुरस्कार राशी हुनेछ।

प्रतिक्रिया दिनुहोस्