Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

डोल्पाका ७०५ घरमा सोलार वितरण

३२ जेष्ठ २०८२, शनिबार ०६:१८

सुर्खेत। विद्युत् पहुँच नपुगेका दुर्गम हिमाली जिल्ला डोल्पाका पाँच स्थानीय तहमा सौर्य ऊर्जा (सोलार) वितरण सुरु गरिएको छ। कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेका छार्काताङसोङ, काइके, डोल्पोबुद्ध, शे फोक्सुण्डो र ठूलीभेरी पालिकाका ७०५ घरधुरीमा सोलार जडान गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पाका प्रमुख प्रकाश गिरीका अनुसार सोलार वितरण कार्य अन्तर्गत छार्काताङसोङ गाउँपालिकाको ६ वटा वडामा ३५० घरधुरीलाई सोलार जडान गरिँदैछ। यसका लागि करिब रु ६६ लाखको लागत लाग्ने अनुमान गरिएको छ।

त्यस्तै, काइके गाउँपालिकाको दलित बस्ती वनढाडामा ७५ घरधुरीलाई सोलार जडान गर्न रु २० लाख बजेट विनियोजन गरिएको छ। डोल्पोबुद्ध गाउँपालिका–६ मा ८० घरधुरीका लागि रु २५ लाख बराबरको सोलार वितरण कार्य सुरु गरिएको छ।

शे फोक्सुण्डो गाउँपालिका–१ मा पनि ४५ घरमा सोलार जडान गरिनेछ, जसका लागि रु २० लाखको खर्च अनुमान गरिएको छ।  त्यसैगरी ठूलीभेरी नगरपालिका–११ स्थित एक गाउँमा १५५ घरधुरीलाई सोलार वितरण गर्न रु ३० लाखको लगानी गरिएको छ। यो काम स्थानीयवासी र कार्यालयको साझेदारीमा अन्तिम चरणमा पुगेको ऊर्जा विकास कार्यालयले जनाएको छ।

कर्णाली प्रदेशमा अझै थुप्रै स्थानहरू विद्युत्को पहुँच बाहिर रहेका छन्। सरकारी तथा स्थानीय स्रोतको प्रयोग गरी, सौर्य ऊर्जा प्रविधिको माध्यमबाट यस्तो दुर्गम स्थानमा ऊर्जा प्रवाह गर्ने लक्ष्यसहित यो कार्यक्रम अघि बढाइएको हो।

योजना अनुसार, सौर्य ऊर्जा वितरणसँगै स्थानीयवासीलाई राति उज्यालो, मोबाइल चार्ज, रेडियो ट्युनिङजस्ता आधारभूत सुविधा प्राप्त हुने विश्वास लिइएको छ। डोल्पा जस्ता उच्च हिमाली र विकट क्षेत्रका लागि सोलार ऊर्जा दीर्घकालीन रूपमा भरपर्दो विकल्प मानिन्छ।

प्रतिक्रिया दिनुहोस्