Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
समाचार

साफ महिला च्याम्पियनसिपका लागि खेलाडी छनोट

१ असार २०८२, आईतवार ११:२९

काठमाडौँ। यही असार २७ देखि आगामी साउन ६ गतेसम्म बङ्गलादेशमा आयोजना हुने यु–२० दक्षिण एसियाली फुटबल संघ (साफ) महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि ३० खेलाडी छनोट भएका छन् ।

उक्त प्रतियोगिताका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले दोस्रो चरणको बन्द प्रशिक्षणबाट १० खेलाडीलाई आउट गर्दै ३० खेलाडी छनोट गरे । बन्द प्रशिक्षणको पहिलो चरणमा ४० खेलाडी सहभागी थिए ।

बन्द प्रशिक्षणबाट छनोट हुने खेलाडीमा अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्साना चौधरी, गङ्गा रोकाया, झुमा विश्वकर्मा, जुना तामाङ, लीला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा र कविता गुरुङ छन् ।

त्यसैगरी करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला चन्द, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङ्तान, समीक्षा मगर, सनिमा माया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू, सेनु परियार, सिम्रन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुशीला केसी र रुपा लिम्बू छन् ।

बन्द प्रशिक्षणबाट अमिता भुल, सुनिता विक, सुनिता सुनार, प्रतीमा शर्मा मरिना लामा, अवानी राजेश्वरी, गायत्री मल्ल, रोजिता विष्ट, सविता मण्डल र सङ्गीता अधिकारी भने बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्