Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

तनहुँमा पहिलोपटक टी-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै

२ असार २०८२, सोमबार ११:३५

तनहुँ। तनहुँ जिल्ला क्रिकेट संघको आयोजनामा पहिलोपटक तनहुँ टी-२० क्रिकेट प्रतियोगिता २०८२ मंगलबारदेखि सुरु हुँदैछ। प्रतियोगिता असार ९ गतेसम्म व्यास नगरपालिका–५ स्थित पाटन खेल मैदानमा सञ्चालन हुनेछ।

मुख्य प्रायोजक कास्पियन भ्याली सेकेन्डरी स्कूल रहेको प्रतियोगितामा ९ टिम सहभागी छन्। टिमहरू तीन समूहमा विभाजन गरिएका छन्, जसबाट समूह विजेता र उत्कृष्ट रनरेट टिम सेमिफाइनल पुग्नेछन्।

विजेताले ७५ हजार रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले ३० हजार रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगिताबाट जिल्लामा क्रिकेटको विकास र युवा प्रतिभाको पहिचान हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्