Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

प्राज्नालाई आरम्भको सम्मान

२ असार २०८२, सोमबार ११:५३

काठमाडौं। गल्कोपाखास्थित आरम्भ संस्कार विद्यालयले टेबलटेनिस खेलाडी प्राज्ना महर्जनलाई सोमबार नगदसहित सम्मान गरेको छ ।

विद्यालयका कक्षा कप्तान तथा विद्यालयका लागि विद्यालय लिडर गरी ७२ जना विद्यार्थीलाई विभिन्न पदमा पदस्थापन गरिएको कार्यक्रममा प्राज्ना नगद १५ हजारसहित सम्मानित भइन् ।

दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगितामा २ पदक जितेकोमा प्राज्नालाई सम्मान गरिएको हो । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा उक्त प्रतियोगिता गत बैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको थियो ।

प्राज्नाले यु–१५ गल्र्स डबल्समा रजत र टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् । नेपालले प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्य गरी १२ पदक जितेको थियो ।

प्राज्ना आरम्भमै पूर्ण छात्रवृत्तिमा कक्षा ६ मा अध्ययनरत छिन् । आरम्भले प्राज्नासंगै टेबलटेनिस खेलाडी निश्चल थापा, यमिला श्रेष्ठ, आभा प्रधान र दिवाश्री श्रेष्ठलाई पनि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

प्राज्नालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आरम्भका अध्यक्ष नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्