Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |    
समाचार

एकै महिनामा भित्रियो एक खर्ब ३६ अर्ब बढी रेमिट्यान्स

१० आश्विन २०८१, बिहीबार ०८:५६

१० असोज, काठमाडौँ। आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा रेमिट्यान्समा अघिल्लो वर्षको तुलनामा निकै सुधार देखिएको छ । साउन महिनामा मात्र रेमिट्यान्स आप्रवाह १८.० प्रतिशतले वृद्धि भई एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भई १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.८ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकले अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको बताएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

यस वर्ष नयाँ श्रम स्वीकृति लिनेको संख्या केही घटेको छ भने पुनः श्रम स्वीकृतिमा विदेश जानेको संख्या बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्