Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

इजरायल र इरानलाई युद्ध रोक्न माग गर्दै शान्ति समाजको दुई वटा प्रदर्शन

४ असार २०८२, बुधबार १५:२६

काठमाडौं। विगत तीन दशकदेखि आणविक अस्त्रको उन्मुलन एवं युद्ध निषेध शान्ति विशेष अभियान सञ्चालन गर्दै आएको मानवअधिकार तथा शान्ति समाजले इजरायल र इरानबीच जारी युद्ध तत्काल अन्त्य गर्न माग गर्दै २०८२ असार ४ गते काठमाण्डौमा दुई वटा प्रदर्शन गरेको छ ।

यस क्रममा काठमाण्डौ लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान ११ बजे र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि आधा घण्टा प्रदर्शन भएको थियो ।

इजरायली दुतावास लाजिम्पाट अगाडि भएको प्रदर्शनमा शान्तिवादीहरुले इजरायलले यसपटक युद्धको शुरुवात गरेको हुँदा युद्ध अन्त्यको पहल पनि इजरायलले गर्नुपर्छ भन्दै इजरायलः आक्रामकता बन्द गर, युद्ध तत्काल अन्त्य गर, प्यालेष्टाइनमाथिको अत्याचार बन्द गर, शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर, गाजामा नरसंहार बन्द गर, युद्ध समस्याको समाधान होइनः वार्ता मार्फत समाधान गर, युद्ध मानवताको अपमान हो लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

यसैगरी इरानी कन्सुलेट कार्यालय अगाडि भएको प्रदर्शनमा इरानको आणविक महत्वकांक्षा त्यस क्षेत्रको स्थिरताका लागि खतरा भएको भन्दै इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न आग्रहसहित मानव अधिकारको सम्मान र इरानमा लोकतन्त्र बहाली गर्न आग्रह गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, वाग्मती प्रदेश सचिव दिवाकर पुडासैनी, समावेशी सचिव तुलसीराम सुनार, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, मणिराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा, आजीवन सदस्यहरु ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, रिता अधिकारी, नवराज चापागाई, राजकुमार श्रेष्ठ, सहित शान्तिवादीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्