Trending
अपहरणमा परेकी महिलाको सकुशल उद्धार, एक युवती पक्राउ     |     गगन थापा र चौथाइवालेबिच भेटवार्ता     |     जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह     |     निर्माणाधीन घरको छतबाट लडेर मजदुरको मृत्यु     |     नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह     |     सरकारले विकासका कामलाई तीव्रता दिनुपर्छ : नेता कोइराला     |     बाढीले क्षति गरेको नख्खु खोलाको पानी वितरण गरिने     |     वरदान बन्दै त्रिविको अनलाइन कक्षा     |     सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ     |     अमेरिका गएका अध्यक्ष नौ महिनासम्म नफर्केपछि वडा कार्यालयमा तालाबन्दी     |    
समाचार

सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण जरुरी छ- गृहमन्त्री लेखक

१० आश्विन २०८१, बिहीबार ०८:५९

१० असोज, काठमाडौँ। गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् ।

बिहीबार युएसएआइडीद्धारा राजधानीमा आयोजित “सिकाइ आदान–प्रदान कार्यशाला” मा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको जानकारी दिए ।

उनले परिमार्जित भवन संहिताको प्रभावकारी कार्यान्वयनका लागि हरेक स्थानीय तहमा प्राविधीक जनशक्तिको क्षमता विकास गर्नु आवश्यक रहेकोमा जोड समेत दिए ।

संविधानले विपद् जोखिम न्यूनीकरण  र व्यवस्थापनको विषयलाई संघ, प्रदेश र स्थानीय सरकारको जिम्मेवारीमा सूचिकृत गर्दै तीन वटै तहका सरकारको समन्वय  र सहकार्यमा अगाडि  बढ्नुपर्ने व्यवस्था गरेको बताउँदै गृहमन्त्री लेखकले संविधानले विपद् व्यवस्थापनका सन्दर्भमा  स्थानीय तहहरुलाई विशेष जिम्मेवारी प्रदान गरेको र सो अनुसार तिनवटै सरकारहरुले आ–आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको जानकारी दिए ।

‘विपद व्यवस्थापनका क्षेत्रमा सरकारी क्षेत्रका साथै गैह्रसरकारी क्षेत्र अन्तर्गतका विभिन्न संघ, संस्थाहरुले समेत आ–आफ्नो भूमिका निर्वाह गर्दै हातेमालो गरिरहेका छन् ।’ उनले भने, ‘युएसएआइडीको सहयोगमा सञ्चालित ‘तयार नेपाल’ परियोजनाले विपद् जोखिम न्यूनीकरण एवं वस्थापनका क्षेत्रमा संघ, प्रदेश र स्थानीय तहमा महत्वपूर्ण योगदान पुर्याएको महशुस गरेको छु ।’

उनले सबल प्रणाली’ स्थापना गर्ने सन्दर्भमा बहु–निकाय संगको सहकार्य र निर्देशनमा विभिन्न नीति, निर्देशिका, कार्यविधि, सङ्गठन संरचना तथा कार्यढाँचा बनाउन परियोजनाबाट सहयोग समेत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्