Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपाल र स्कटल्याण्डबीच निर्णायक भिडन्त आज

६ असार २०८२, शुक्रबार १४:५६

काठमाडौं। स्कटल्याण्डमा जारी टि–२० आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे ग्लासगोमा सुरु हुनेछ।

तीन खेलमा २ जित र १ हारसहित नेपाल शीर्ष स्थानमा छ भने स्कटल्याण्ड १ जित र २ हारसहित तेस्रो स्थानमा छ। नेपाल आजको खेल जितेमा ६ अंकसहित सिरिज च्याम्पियन बन्छ।

यदि स्कटल्याण्ड विजयी भएमा दुवै टोलीको अंक बराबरी हुनेछ र रनरेटको आधारमा स्कटल्याण्ड विजेता घोषित हुनेछ। पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।

नेपाल सोमबार नेदरल्याण्ड्ससँग पराजित भए पनि बिहीबार पुनः नेदरल्याण्ड्सलाई ६ विकेटले हराउन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्