Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
खेलकुद

नेपाल र स्कटल्याण्डबीच निर्णायक भिडन्त आज

६ असार २०८२, शुक्रबार १४:५६

काठमाडौं। स्कटल्याण्डमा जारी टि–२० आई सिरिजको अन्तिम खेलमा नेपालले आज घरेलु टोली स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे ग्लासगोमा सुरु हुनेछ।

तीन खेलमा २ जित र १ हारसहित नेपाल शीर्ष स्थानमा छ भने स्कटल्याण्ड १ जित र २ हारसहित तेस्रो स्थानमा छ। नेपाल आजको खेल जितेमा ६ अंकसहित सिरिज च्याम्पियन बन्छ।

यदि स्कटल्याण्ड विजयी भएमा दुवै टोलीको अंक बराबरी हुनेछ र रनरेटको आधारमा स्कटल्याण्ड विजेता घोषित हुनेछ। पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको थियो।

नेपाल सोमबार नेदरल्याण्ड्ससँग पराजित भए पनि बिहीबार पुनः नेदरल्याण्ड्सलाई ६ विकेटले हराउन सफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्