Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
खेलकुद

नेपाललाई स्कटल्याण्डद्वारा १९४ रनको लक्ष्य

६ असार २०८२, शुक्रबार २१:३३

काठमाडौं। त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई १९४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनायो।

ओपनर जर्ज मुन्सेले आक्रामक ब्याटिङ गर्दै ३९ बलमा ७८ रन बनाए। उनले ६ छक्का र ५ चौका प्रहार गरे। ब्र्याण्डन म्याक्मुलेनले ४२, माइकल लिस्कले २६ र म्याथ्यू क्रसले अविजित १७ रन जोडे।

नेपालका लागि कुशल भुर्तेलले ३ विकेट, सन्दीप लामिछाने, रुपेश सिंह र ललित राजवंशीले १/१ विकेट लिए। नेपाल जारी श्रृंखलामा लगातार तेस्रो जितको खोजीमा छ।

यस्तै, स्कटल्याण्ड २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म एक मात्र टी–२० आई खेल भएको छ, जसमा नेपाल विजयी भएको थियो । नेपाल आज पनि विजयी यात्रालाई निरन्तरता दिन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्