Trending
आज यी चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |    
समाचार

स्याउ बिमाको भुक्तानी माग्दै जुम्लामा किसान आन्दोलन

७ असार २०८२, शनिबार १६:१३

जुम्ला। स्याउ बिमाको रकम भुक्तानी नपाएको भन्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन्। उनीहरूले तत्काल विगत वर्षको बिमा रकम दिनु पर्ने र यस वर्षको स्याउसमेत बिमा गर्नुपर्ने माग गरेका छन्।

किसानहरू जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बालमन्दिरदेखि प्रशासन कार्यालयसम्म नाराबाजीसहित जुलुस निकाले।

स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले पटक–पटक माग गर्दा पनि बिमा कम्पनीले आलटाल गर्दै आएको आरोप लगाउँदै आन्दोलन सुरु गरिएको बताए।

गत वर्ष खडेरी र असिनाका कारण स्याउमा क्षति पुगेको थियो। किसानले बिमा रकम नपाउँदा निराश भएको जनाउँदै, अब एक हप्ताभित्र समाधान नआए शिखर इन्स्योरेन्सको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। किसानहरूले बिमा मात्र नभई कृषि सरोकारवाला निकायहरूको निगरानी गर्न सञ्जालसमेत गठन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्