Trending
पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्ष तोड्छौं : अर्थमन्त्री     |     जोर्डनविरूद्ध अर्जेन्टिनाको ३–१ को बिजय, मेस्सीको खातामा थप एक गोल     |     प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित     |     ४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस     |     दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |    
समाचार

स्याउ बिमाको भुक्तानी माग्दै जुम्लामा किसान आन्दोलन

७ असार २०८२, शनिबार १६:१३

जुम्ला। स्याउ बिमाको रकम भुक्तानी नपाएको भन्दै जुम्लाका किसानहरु सडकमा उत्रिएका छन्। उनीहरूले तत्काल विगत वर्षको बिमा रकम दिनु पर्ने र यस वर्षको स्याउसमेत बिमा गर्नुपर्ने माग गरेका छन्।

किसानहरू जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बालमन्दिरदेखि प्रशासन कार्यालयसम्म नाराबाजीसहित जुलुस निकाले।

स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजुवालले पटक–पटक माग गर्दा पनि बिमा कम्पनीले आलटाल गर्दै आएको आरोप लगाउँदै आन्दोलन सुरु गरिएको बताए।

गत वर्ष खडेरी र असिनाका कारण स्याउमा क्षति पुगेको थियो। किसानले बिमा रकम नपाउँदा निराश भएको जनाउँदै, अब एक हप्ताभित्र समाधान नआए शिखर इन्स्योरेन्सको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। किसानहरूले बिमा मात्र नभई कृषि सरोकारवाला निकायहरूको निगरानी गर्न सञ्जालसमेत गठन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्