Trending
स्वास्थ्य सचेतना अभियानमार्फत पाइल्सविरुद्ध डा. पौडेलको जनचेतना पहल     |     पत्रकारिताका समस्या संयुक्त रूपमा समाधान गर्नेबारे चिनियाँ पत्रकारसँग काउन्सिलको छलफल      |     अब मेटामा लगइन झन्झटबिनाको साथै सुरक्षित, जान्नुहोस् नयाँ सुविधा के हो ?     |     सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?     |     यी प्रदेशमा भारी वर्षाको सम्भावना     |     बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक     |     हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित     |     युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन     |     मनिष राउतले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा किन गरेनन् अभिनय ?     |     स्याउ बिमाको भुक्तानी माग्दै जुम्लामा किसान आन्दोलन     |    
समाचार

युद्ध अन्त्य र विश्व शान्तिको कामना गर्दै बौद्धमा दीप प्रज्वलन

८ असार २०८२, आईतवार १६:०४

इजरायल। इरान लगायत विश्वका विभिन्न भागमा चलिरहेको युद्ध तत्काल अन्त्य र विश्व शान्तिको कामना गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाण्डौमा प्रदर्शन तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

२०८२ असार ७ गते साँझ वाग्मतीनगरबाट शुरु भएको प्रदर्शन बौद्धनाथ पुगी दीप प्रज्वलनसँगै समापन भएको थियो । प्रदर्शनमा युद्ध रोक शान्ति प्रवद्र्धन गर, संवादमार्फत समस्याको समाधन गर भन्दै इजरायललाई आक्रामकता त्यागी शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर्न र इरालनलाई आणविक महत्वकांक्षा त्याग्न आग्रह गर्नुका साथै विश्व शान्तिको कामना गर्दै बौद्धनाथमा दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापतिहरु रामकृष्ण बराल र होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, अनुशासन समिति संयोजक कृष्णबहादुर रावल, सचिवहरु प्रेम पटेल र दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणी बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल र सदस्य सानु लामा, केन्द्रिय सदस्यहरु नम्रता खरेल, उमा गौतम, शम्भु राउत, रोजिना विष्ट, मणिराम दाहाल, काठमाण्डौ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापालगायत शान्तिवादीहरुको सहभागिता थियो ।

यसैगरी असार ७ गते सामाजिक न्यायदेखि जलवायु न्यायसम्म विषयमा केन्द्रित रहि मानव अधिकार तथा शान्ति समाजको आयोजनामा वाग्मती प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

वाग्मती प्रदेश र बारा, पर्सा जिल्ला समेत गरी सात जिल्लाबाट ७० जनाको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रमको अन्त्यमा “संक्रमणकालीन न्याय प्रक्रियाः पिडित÷नागरिक समाजको अबको संयुक्त आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था” विषयमा अन्तरसंवाद सम्पन्न भएको थियो ।

संक्रमणकालीन न्याय विषयमा संविधानसभा सदस्य एकराज भण्डारी (वेपत्ता पारिएका परिवार सदस्य) र द्वन्द पिडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्थामा केन्द्रित रहि वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी र लेखक तथा विश्लेषक श्रीकृष्ण अनिरुद्र गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि शान्ति समाजले कोशी प्रदेशको इटहरीमा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्