Trending
किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |    
समाचार

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सिईओ अन्जु श्रेष्ठ सम्मानित

८ असार २०८२, आईतवार १६:४४

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत -CEO) अन्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् ।

श्रेष्ठलाई Women’s Tabloid “The Voice of the Women” ले “Best Woman CEO in Strategic Leadership-General Insurance २०२५” द्वारा सम्मान गरिएको हो ।

उक्त विशिष्ट अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै श्रेष्ठले भनिन्, “यो सम्मान केवल मेरो व्यक्तिगत उपलब्धि मात्र नभई यो समग्र नेपाली बीमा उद्योगको उपलब्धी हो र यसमा सक्रिय सम्पूर्ण महिलाको सामूहिक पहिचान पनि हो ।” उनले आफ्नो टिमको निरन्तर साथ, परिश्रम र प्रतिबद्धतालाई पनि यस सफलताको मूल आधार मानेकी छन् ।

बेलायतमा मुख्यालय रहेको Women’s Tabloid एक अन्तर्राष्ट्रिय सञ्चार संस्था हो, जसले व्यवसाय, नेतृत्व र उद्यमशीलता क्षेत्रमा विशिष्ट योगदान दिने महिलाहरूको पहिचान र सम्मान गर्दै आएको छ । हरेक वर्ष विश्वभरका प्रेरणादायी महिलाहरूलाई विविध विधामा सम्मान गर्नेक्रममा यसवर्ष श्रेष्ठले बीमा क्षेत्रतर्फको सर्वोच्च नेतृत्व अवार्ड हात पार्न सफल भएकी हुन् ।

Women’s Tabloid का व्यवसाय विकास प्रबन्धक ड्यानियल डी’कोस्टाले भने, “महिलाहरूले व्यवसाय र नेतृत्वमा पु¥याएको योगदान अद्वितीय छ । हाम्रो प्रयास उनीहरूको मेहनत र उपलब्धिलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु हो ।”

श्रेष्ठको नेतृत्वमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा क्षेत्रमा नवीनता, पारदर्शिता र ग्राहकमुखी सेवामा उल्लेखनीय सुधार ल्याएको छ । रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, डिजिटल प्रविधिको प्रयोग र संस्थागत सुशासनमार्फत कम्पनीले पछिल्ला वर्षहरूमा निरन्तर प्रगति हासिल गर्दै आएको छ ।

उक्त सम्मान श्रेष्ठको रणनीतिक सोच, दूरदृष्टि र नेतृत्व क्षमताको विश्वव्यापी मान्यता मात्र नभई नेपाली बीमा क्षेत्रको समग्र प्रगतिको सन्देश पनि हो ।

प्रतिक्रिया दिनुहोस्