Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

८ असार २०८२, आईतवार १७:०१

काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड बीवाईडी (BYD) को बहुप्रतिक्षित डल्फिन २०२५ संस्करण आइतबार नेपालमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक (Cimex Inc.) ले राजधानीमा आयोजना गरिएको विशेष कार्यक्रममा उक्त नयाँ मोडल सार्वजनिक गरेको हो।

नयाँ संस्करणमा प्रमुख परिवर्तन – ब्याट्री प्रविधि
डल्फिन २०२५ मा सबैभन्दा ठूलो र महत्वपूर्ण परिवर्तन यसको ब्याट्री प्रविधिमा गरिएको छ। अघिल्लो मोडलमा प्रयोग गरिएको परम्परागत १२ भोल्टको लिड–एसिड ब्याट्रीलाई प्रतिस्थापन गर्दै यो संस्करणमा १२ भोल्टको लिथियम आयोन ब्याट्री जडान गरिएको छ।
कम्पनीका अनुसार यो ब्याट्री पर्यावरणमैत्री, हल्का, कम सेल्फ-डिस्चार्ज हुने र १५ वर्षसम्म टिक्ने क्षमतायुक्त छ। यसले विद्युतीय सवारीको दीर्घकालीन लागत घटाउने र प्रयोगकर्तालाई भरपर्दो सेवा दिने अपेक्षा गरिएको छ।

थप प्रविधि र सुधार
बीवाईडी डल्फिन २०२५ मा उपभोक्ताको सुझाव र बजार आवश्यकताअनुसार विभिन्न प्रविधिहरू थपिएका छन्।
मुख्य सुधार र सुविधाहरू निम्नानुसार छन्:

बीवाईडी मोबाइल एप: गाडी नियन्त्रण तथा ट्र्याकिङका लागि स्मार्टफोन एप सपोर्ट।
मोबाइल ब्लुटुथ र एनएफसी की: चाबीको सट्टा मोबाइलबाट नै गाडी लक/अनलक गर्ने सुविधा।
एलईडी हेडलाइट: उच्च ब्राइटनेससहितको प्रभावशाली दृश्यता दिने बत्ती प्रणाली।
प्यासेन्जर डोर स्विच: यात्रुहरूका लागि सहजता ल्याउने सुधारिएको फिचर।
सुधारिएको एसी प्रणाली: गर्मी वा चिसो मौसममा अझ प्रभावकारी हिटिङ र कुलिङ सुविधा।

डिजाइन र रंगमा विविधता
यो संस्करणमा नयाँ आकर्षक ‘एटलान्टिस ग्रे’ रंग थप गरिएको छ। अब बीवाईडी डल्फिन तीन रंगमा उपलब्ध छ:
एटलान्टिस ग्रे
अर्बन ग्रे
स्की ह्वाइट

मूल्य यथावत्, होम चार्जरसहित
थुप्रै नयाँ फिचर थपिए पनि डल्फिन २०२५ को मूल्य अघिल्लो संस्करणसरह रु. ४१ लाख १५ हजार कायम गरिएको छ।
उक्त मूल्यमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ, जसले गाडी घरमै सहजै चार्ज गर्न सकिने बनाउँछ।

प्रतिक्रिया दिनुहोस्