Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
समाचार

पत्रकारिताका समस्या संयुक्त रूपमा समाधान गर्नेबारे चिनियाँ पत्रकारसँग काउन्सिलको छलफल 

९ असार २०८२, सोमबार ११:३१
काठमाडौँ। प्रेस काउन्सिल नेपालले नेपाल भ्रमणमा रहेका चिनियाँ पत्रकारसहितको टोलीसँग पत्रकारितामा देखिएका समस्या समाधान गर्न संयुक्त प्रयास गर्न सकिनेबारे छलफल गरेको छ ।
चीनको सिचाङ प्रान्त (तिब्बत)बाट आएका तिब्बत सांस्कृतिक केन्द्र तथा पत्रकार महासङ्घका प्रतिनिधि र काउन्सिलका प्रतिनिधिबिच आइतबार काउन्सिलमा दुई देशको संस्कार, संस्कृति, परम्पराबारे एकअर्को देशमा प्रचार गर्नुका साथै डिजिटल सञ्चारसँगै पत्रकारितामा देखिएका समस्या समाधानमा संयुक्त पहल गर्न सकिनेबारे छलफल भएको हो ।
कार्यक्रममा काउन्सिलका सदस्य विजयराज अधिकारीले भ्रमण टोलीलाई स्वागत गर्दै आपसी सद्भाव र सम्बन्ध बलियो बनाएर अघि बढ्न सकिने बताउनुभयो । उहाँले प्रेस काउन्सिल नेपालको काम, कर्तव्य र मिडिया अनुगमनबारे जानकारी गराउनुभएको थियो ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले नेपाली मिडियाको अवस्था, कानुनी व्यवस्था, डिजिटल मिडियाका अवसर र चुनौतीबारे प्रस्तुति गर्नुभएको थियो ।
यस्तै चिनियाँ भ्रमण टोलीका प्रमुख लिओ जुनले हजारौँपटक सुन्नुभन्दा एकपटक देख्नु प्रभावकारी हुने भन्दै नेपाली पत्रकारलाई तिब्बत भ्रमणका लागि प्रबन्ध मिलाउन काउन्सिलसँग आग्रह गर्नुभयो ।
उहाँले नेपाल चीनबिच सञ्चार क्षेत्रबाट प्रयाप्त भ्रमण आदानप्रदान हुन आवश्यक रहेको औँल्याउनुभयो । चीनले पछिल्ला वर्षमा डिजिटल परिवर्तनमा ठुलो फड्को मारेको भन्दै उहाँले नेपालमा पनि सहकार्य गर्न सकिने बताउनुभयो । डिजिटल मिडिया व्यवस्थापनबारे आगामी अक्टोबरमा तिब्बतमा ठुलो सम्मेलन हुन लागेको भन्दै नेपालबाट समेत सहभागिताका लागि काउन्सिलले समन्वय गर्न भ्रमण टोलीले अनुरोध गरेको छ ।
कार्यक्रममा चिनियाँ सिचाङ अन्तर्राष्ट्रिय सञ्चार केन्द्रका सिरेन सोङ्जिया, नगरपालिका मिडिया सेन्टरका निर्देशक गेसाङ डेजी, काउन्सिल सदस्य याङ जेङलिङ लगायतले चिनियाँ पत्रकारिता अभ्यासबारे जानकारी गराउनुभएको थियो ।
शाखा अधिकृत सन्तोष अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारी, सबिता ढकाल, शाखा अधिकृत सुवास राई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्