Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

नेपालले जापानलाई गर्‍यो ८० रनमा अलआउट

१० असार २०८२, मंगलवार ११:३२

काठमाडौँ। मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई ८० रनमै समेटेको छ।

मलेसियाको कोजल टुन्कु जाफर ओभलमा जारी खेलमा नेपालका बायाँहाते स्पिनर शुभम खनालको घातक बलिङका कारण जापानी टोली ३४.३ ओभरमै अलआउट हुन बाध्य भयो। शुभमले ५ विकेट लिएर आफ्नो टोलीलाई बलियो स्थितिमा पुर्‍याए।

नेपालले टस गुमाएर फिल्डिङमा आएको खेलमा जापानले सुरुवातदेखि नै दबाब सामना गर्नुपर्‍यो। टस जितेर पहिला ब्याटिङ गरेको जापानका ब्याटरहरू नेपाली बलरहरूका अगाडि टिक्न सकेनन्। कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाउँदै केही प्रतिरोध गरे भने गबी हाराहिन्जले १३ रनको योगदान दिए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि शुभम खनालले ८ ओभरमा २ मेडन सहित १६ रन खर्चेर ५ विकेट लिएका थिए। अभय यादवले २ विकेट लिए भने सुशील रावल र विपिनप्रसाद शर्माले समान १–१ विकेट लिए। बलिङ विभागको उत्कृष्ट प्रदर्शनले नेपाललाई सानो लक्ष्यमा सिमित गर्ने अवसर जुरायो।

जवाफमा नेपालले सानदार सुरुवात गरेको छ। समाचार तयार पार्दासम्म नेपालले ७ ओभरमा एक विकेटको क्षतिमा ४७ रन बनाएको छ। ओपनरहरूद्वारा मजबुत शुरुवात दिलाइएको नेपाल अब सहज जितको दिशातर्फ अग्रसर देखिन्छ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो। सिङ्गापुरले दिएको ८१ रनको लक्ष्य नेपालले १७.५ ओभरमै पुरा गरेको थियो।

यो प्रतियोगिता एसीसी (एसियन क्रिकेट काउन्सिल) अन्तर्गत आयोजना गरिएको हो, जसमा इस्ट जोनका यू–१६ टोलीहरूको प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्