Trending
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले     |     डिशहोमको विश्वकप अफर सार्वजनिक : सिजन पास खरिदमा तीन महिनासम्म निःशुल्क सुविधा     |     अविनाश र भगवतीद्वारा जुनियर राष्ट्रिय कीर्तिमान कायम     |     जेनजी आन्दोलनको क्रममा राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँचजना पक्राउ     |     अन्तिम समयमा सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित     |     कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित     |     मोदीसँग भेटपछि रवि लामिछानेले भनेः नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ     |     काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन     |     रवि लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता     |     वीरगञ्जका मेयर राजेशमान सिंह सवा ४ लाख धरौटीमा रिहा     |    
समाचार

खल्तीले सुरु गर्‍यो ‘स्मार्ट डिपोजिट’

१० असार २०८२, मंगलवार १७:१८

काठमाडौं । नेपालको वित्तीय क्षेत्रमा नै पहिलो पटक वालेटमा रिकरिङ डिपोजिट (RD) खाता खोल्न मिल्ने सुविधा सुरु भएको छ । खल्तीले मञ्जुश्री फाइनान्सको सहकार्यमा ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको हो ।

यो सुविधाअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले आफ्नो वालेटबाटै निश्चित समयका लागि निश्चित रकम नियमित रूपमा जम्मा गर्दै तोकिएको उत्कृष्ट ब्याजदरमा बचत गर्न सक्नेछन् । बचतमा न्यूनतम रु १०० बाट सुरु गर्न सकिने यस सुविधामा अन्तराल दैनिक, साप्ताहिक वा मासिक अनि बचतको अवधि ६ महिनादेखि ६० महिनासम्म छनोट गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशिकामा आधारित रहेर सञ्चालन हुने यस खाताको ब्याजदर भने मञ्जुश्री फाइनान्सद्वारा मासिक प्रकाशित हुने (RD) ब्याजदरअनुसार नै लागू हुनेछ । प्रयोगकर्ताहरूले आफ्नो खल्ती एपमै आफ्नो डिपोजिटको स्ट्याटस ट्रयाक गर्न पाउनेछन् भने रकम मञ्जुश्री फाइनान्सको खातामा जम्मा हुने खल्तीले जनाएको छ ।

बचतको बानी र सरल वित्तीय पहुँचका लागि यो सुविधा निकै नै उपयोगी रहने र हरेक व्यक्तिले यस ‘डिसिप्लिनरी इन्भेस्टमेन्ट टुल’बाट लाभ लिन सक्ने कुरा खल्तीका बिजनेस पार्टनरसिप प्रमुख वसन्त दाहाल बताउँछन् ।

“यस सहकार्यबाट सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नवीनतम प्रविधिले वित्तीय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ” मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तेज राज तिमिलसिना भन्छन्, “खल्तीमार्फत आफ्नो वित्तीय कारोबार गरिरहनु भएका सम्पूर्ण प्रयोगकर्ताहरूले सजिलै मञ्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नु हुनेछ । यसले वित्तीय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुने साथै आर्थिक कारोबार गर्न झनै सहज हुने विश्वास गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्