Trending
भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न     |     साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |    
समाचार

नक्कली परीक्षार्थी पक्राउ

११ असार २०८२, बुधबार १९:१८

काठमाडौँ। नक्कली परीक्षार्थी बनेर स्नातकोत्तर तहको जनप्रशासन विषयको परीक्षामा सहभागी भएका युवक पक्राउ परेका छन्।

काठमाडौँको बल्खुमा रहेको जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेष्टरमा अध्ययरत दानबहादुर रोकायको तर्फबाट परीक्षामा सहभागी भएका जुम्लाको चन्दनाथ नगरपालिका–८ का २६ वर्षीय केशव रोकाया नक्कली परीक्षार्थी भएको पाइएपछि क्याम्पसले कारबाहीका लागि प्रहरीलाई खबर गरेको थियो ।

प्रहरी वृत्त कालीमाटीबाट खटिइएको टोलीले उनलाई आज पक्राउ गरी शिक्षासम्बन्धी कसुरमा कारबाही अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी नक्कली परीक्षार्थी बनेर मङ्गलको परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्