Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

एमाले स्थायी समिति सदस्य पाण्डे र केन्द्रिय सदस्य तिम्सिनाको निलम्वन फुकुवा

११ असार २०८२, बुधबार १९:२१

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ ।

बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्वन गरेको थियो ।

उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको तयारीका लागि केन्द्रिय कमिटीको बैठक अगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्