Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

एमाले स्थायी समिति सदस्य पाण्डे र केन्द्रिय सदस्य तिम्सिनाको निलम्वन फुकुवा

११ असार २०८२, बुधबार १९:२१

काठमाडौँ । नेकपा (एमाले)ले स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रिय सदस्य उषाकिरण तिम्सिनाको निलम्वन फुकुवा गरेको छ ।

बुधवार च्यासलस्थित पार्टी कार्यालय च्यासलमा बसेको केन्द्रिय सचिवालय बैठकले पाण्डे र तिमल्सेना निलम्वन फुकुवा गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

भाटभटेनी डिपार्टमेन्टका सञ्चालक मीनबहादुर गुरुङसँग १० रोपनी जग्गा चन्दा लिएर पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्दै पाण्डे र तिम्सिनाले सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए । सोही कारण एमालेले दुवैलाई ६ महिनाका लागि निलम्वन गरेको थियो ।

उपमहासचिव ज्ञवालीकाअनुसार बैठकले आसन्न विधान महाधिवेशन गोदावरीमा गर्ने निर्णय पनि गरेको छ । महाधिवेशनको तयारीका लागि केन्द्रिय कमिटीको बैठक अगामी साउन ५ गते काठमाडौंमा बोलाउने निर्णय समेत बैठकले गरेको ज्ञवालीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्