Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

लागूऔषध नियन्त्रणमा नयाँ पहल : छुट्टै विभाग स्थापना हुँदै

१२ असार २०८२, बिहीबार १६:४८

काठमाडौं। लागूऔषध दुव्र्यसन र ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले नयाँ कदम चाल्दैछ ।

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षदेखि गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिने जानकारी दिएका छन् ।

गृहमन्त्रीका अनुसार लागूऔषधका कारण सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनाहरू बढ्दो छन् । “एक लाख ३४ हजार बढी व्यक्ति लागूऔषध प्रयोगकर्ताको रूपमा चिनिएका छन्,” मन्त्री लेखकले बताए । कारागारमा रहेका कैदीमध्ये पनि दोस्रो धेरै संख्या लागूऔषधसम्बन्धी मुद्दाका छन् ।

सरकारले जनचेतना, रोकथाम र कडा सजायलाई प्राथमिकता दिँदै लागूऔषधविरुद्धको अभियानलाई टोल, घर, र विद्यालयसम्म पुर्‍याउने योजना बनाएको छ ।

यस अवसरमा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी प्रमुख दीपक थापा, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो ।

मुख्य बुँदाहरू:

  • लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुने
  • जनचेतना, रोकथाम र सजायमा सरकारको जोड
  • १ लाख ३४ हजारभन्दा बढी प्रयोगकर्ता
  • कारागारमा लागूऔषधसम्बन्धी मुद्दाका कैदीको संख्या दोश्रो धेरै
  • सरकारी र गैरसरकारी निकायको सहकार्यमा अभियान अघि बढ्ने

प्रतिक्रिया दिनुहोस्