Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

लागूऔषध नियन्त्रणमा नयाँ पहल : छुट्टै विभाग स्थापना हुँदै

१२ असार २०८२, बिहीबार १६:४८

काठमाडौं। लागूऔषध दुव्र्यसन र ओसारपसार नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यसहित सरकारले नयाँ कदम चाल्दैछ ।

गृहमन्त्री रमेश लेखकले आगामी आर्थिक वर्षदेखि गृह मन्त्रालय अन्तर्गत लागूऔषध नियन्त्रण विभाग स्थापना गरिने जानकारी दिएका छन् ।

गृहमन्त्रीका अनुसार लागूऔषधका कारण सडक दुर्घटना, आत्महत्या, साइबर अपराधजस्ता घटनाहरू बढ्दो छन् । “एक लाख ३४ हजार बढी व्यक्ति लागूऔषध प्रयोगकर्ताको रूपमा चिनिएका छन्,” मन्त्री लेखकले बताए । कारागारमा रहेका कैदीमध्ये पनि दोस्रो धेरै संख्या लागूऔषधसम्बन्धी मुद्दाका छन् ।

सरकारले जनचेतना, रोकथाम र कडा सजायलाई प्राथमिकता दिँदै लागूऔषधविरुद्धको अभियानलाई टोल, घर, र विद्यालयसम्म पुर्‍याउने योजना बनाएको छ ।

यस अवसरमा गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी प्रमुख दीपक थापा, अनुसन्धान विभाग प्रमुख हुतराज थापा र विभिन्न सरोकारवालाहरूको उपस्थिति थियो ।

मुख्य बुँदाहरू:

  • लागूऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना हुने
  • जनचेतना, रोकथाम र सजायमा सरकारको जोड
  • १ लाख ३४ हजारभन्दा बढी प्रयोगकर्ता
  • कारागारमा लागूऔषधसम्बन्धी मुद्दाका कैदीको संख्या दोश्रो धेरै
  • सरकारी र गैरसरकारी निकायको सहकार्यमा अभियान अघि बढ्ने

प्रतिक्रिया दिनुहोस्