Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पाल्पामा २१ वर्षअघि हत्या गरेका अभियुक्त पक्राउ

१२ असार २०८२, बिहीबार १६:५७

दाङ । २१ वर्षअघि पाल्पामा हत्या गरी भारत फरार भएका अभियुक्त पूर्णबहादुर सार्की पक्राउ परेका छन्।

२०६१ असार १९ मा पूर्वखोला गुनडाँडाकी ५५ वर्षीया चीनीसरा सार्कीको हत्या गरी फरार भएका ६६ वर्षीय सार्कीलाई पाल्पा प्रहरीले बाँकेको नेपाल-भारत सीमा नजिकबाट पक्राउ गरेको हो।

प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार उनी हालै नेपाल आउन थालेको सुराकी पाएपछि पक्राउ गरिएको हो। उनीमाथि ज्यानसम्बन्धी कसुरमा ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्