Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

निर्वाचन आयोगको आग्रह : मतदाता नामावलीमा नाम छुटेकाले तत्काल दर्ता गर्नुस्

१२ असार २०८२, बिहीबार १७:१७

काठमाडौं। आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको अन्तिम मौका दिएको छ।

आयोगले निर्वाचन मिति घोषणाअघि नै नाम दर्ता गर्न छुटेकालाई समयमै पहल गर्न अनुरोध गरेको हो।

२०७९ को आम निर्वाचनपछि रिक्त भएका संघीय र प्रदेश तहका केही पदहरूका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदाता नामावली ऐन अनुसार निर्वाचन मिति घोषणा भएपछिको दर्ता प्रक्रिया रोकिने प्रावधान सम्झाउँदै, नाम छुटेका योग्य नागरिकलाई तत्कालै दर्ता गराउन आग्रह गरेका छन्।

यसअघि आयोगले कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिसकेको थियो। हाल रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य र गण्डकी प्रदेशका मनाङ–१ (२) क्षेत्रको सिट रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्