Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

निर्वाचन आयोगको आग्रह : मतदाता नामावलीमा नाम छुटेकाले तत्काल दर्ता गर्नुस्

१२ असार २०८२, बिहीबार १७:१७

काठमाडौं। आसन्न उपनिर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको अन्तिम मौका दिएको छ।

आयोगले निर्वाचन मिति घोषणाअघि नै नाम दर्ता गर्न छुटेकालाई समयमै पहल गर्न अनुरोध गरेको हो।

२०७९ को आम निर्वाचनपछि रिक्त भएका संघीय र प्रदेश तहका केही पदहरूका लागि आयोगले उपनिर्वाचन गर्ने तयारी गरिरहेको छ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले मतदाता नामावली ऐन अनुसार निर्वाचन मिति घोषणा भएपछिको दर्ता प्रक्रिया रोकिने प्रावधान सम्झाउँदै, नाम छुटेका योग्य नागरिकलाई तत्कालै दर्ता गराउन आग्रह गरेका छन्।

यसअघि आयोगले कात्तिक दोस्रो सातामा उपनिर्वाचन गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग छलफल गरिसकेको थियो। हाल रुपन्देही–३ का प्रतिनिधिसभा सदस्य र गण्डकी प्रदेशका मनाङ–१ (२) क्षेत्रको सिट रिक्त रहेको छ।

प्रतिक्रिया दिनुहोस्