Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन

१३ असार २०८२, शुक्रबार १४:२१

दमक। झापाको दमकमा नियमित नाटक मञ्चनगरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ ।

५ असार देखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशकसिजन दाहालले जानकारी दिए ।

नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चनगरिएको उनले बताए ।

नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाकोभरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए ।

उनका अनुसारकर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने देखाएको छ। नाटक पूर्णतः कमेडी रहेको उनले बताए । नाटक ‘आयोजना नम्बर १६०’ मा एक जना सत्तासञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारी तन्त्रलाई गहिरो प्रश्न गरिएको छ ।

कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेकाहुन् । लाइटमा आयुष भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्