Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नाटक ‘आयोजना नम्बर १६०’ कदममा मञ्चन

१३ असार २०८२, शुक्रबार १४:२१

दमक। झापाको दमकमा नियमित नाटक मञ्चनगरिरहेको कदम थिएटरले यसपटक नाटक ‘आयोजना नम्बर १६०’ प्रदर्शन गरिरहेको छ ।

५ असार देखि कदम थिएटरको पाइवाइला हिममानाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशकसिजन दाहालले जानकारी दिए ।

नाटक साँझ ५ः१५ देखि नियमति मञ्चन हुँदै आएको छ । भारतीय नाटककार अजय शुक्लाको हिन्दी नाटक‘ताजमहलका टेन्डर’लाई नवीन भण्डारीले नेपालीमा रूपान्तरण गरेर यो नाटक कदममा मञ्चनगरिएको उनले बताए ।

नाटकमा सरकारी सुशासनलाई प्रश्न गरिएको छ । सरकारले कसरी हचुवाकोभरमा आयोजना ल्याउँछ र कसरी अलपत्र पार्छ भन्ने देखाइएको दाहालले बताए ।

उनका अनुसारकर्मचारीतन्त्रले लोभमा फसेर कसरी सरकारी ढुकुटीमा राज गरिरहेका छन् भन्ने देखाएको छ। नाटक पूर्णतः कमेडी रहेको उनले बताए । नाटक ‘आयोजना नम्बर १६०’ मा एक जना सत्तासञ्चालक र स्थानीय सरकार मानिएको कर्मचारी तन्त्रलाई गहिरो प्रश्न गरिएको छ ।

कदम थिएटरमा मञ्चन भइरहेको नाटक ‘आयोजनानम्बर १६०’ मा बुङ छेङ, नवीन भण्डारी, नवीन उर्जा, रश्मी उप्रेती, पारुमा राई, पुकारजंगक्षेत्री, रोशन मुर्मु, सुदीप क्षेत्री, सञ्जय मुडियारी र पुजन खरेलले अभियनय गरेका छन् । यो नाटक यिनै १० कलाकारले निर्देशन गरेकाहुन् । लाइटमा आयुष भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्