Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

विदेशमा रहेका नेपालीको लागि दुईवटा मोबाईल एप सञ्चालनमा

१३ असार २०८२, शुक्रबार १५:५३

काठमाडौं । विदेशमा काम गर्ने नेपालीहरूको विवरण सङ्कलन, व्यवस्थापन र सुरक्षाका लागि दुई फरक मोबाइल एप सञ्चालनमा ल्याइएको छ ।

‘श्रम संसार एप’ र ‘हामी मोबाइल एप’ नामक एपहरू हिजो छुट्टाछुट्टै कार्यक्रममार्फत सार्वजनिक गरिएका हुन् । ‘श्रम संसार एप’ परराष्ट्र मन्त्रालयबाट सञ्चालनमा ल्याइएको हो । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले एपको संयुक्त रूपमा शुभारम्भ गर्नुभयो । यस एपमार्फत विदेशमा रहेका नेपालीले आफ्नो विवरण दर्ता गर्न सक्छन् ।

यसले कुन देशमा कति नेपाली छन् र उनीहरूको अवस्था कस्तो छ भन्ने जानकारी प्राप्त गर्न मद्दत गर्नेछ । यस्तो विवरणले विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा दिन, समस्या परेमा तुरुन्तै उद्धार र समन्वय गर्न सरकारलाई सहज बनाउनेछ ।

परराष्ट्र मन्त्री राणाका अनुसार, सूचना नहुँदा गएका वर्षहरुमा धेरै नेपाली ठगिएका, समस्यामा परेका र गुनासा मन्त्रालयमा आउने गरेका थिए । अब एपको प्रयोगले यस्ता समस्या हट्न सहयोग पुग्नेछ । यस्तै कोरिया सरकारले वैदेशिक रोजगारीमा जान चाहने नेपालीहरूलाई आवश्यक सूचना सजिलै दिन ‘हामी मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो एप कोरिया सरकारको आर्थिक सहयोगमा तयार पारिएको हो ।

नेपाल सरकारको श्रम मन्त्रालयसँगको सहकार्यमा यो एप सञ्चालन हुनेछ । श्रममन्त्री शरतसिंह भण्डारीले एप सार्वजनिक गर्दै सरकारले श्रम बजारमा डिजिटल प्रविधिको प्रयोगबाट पारदर्शिता र नीतिगत सुधार गर्न चाहेको बताउनुभयो । ‘हामी मोबाइल एप’ नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिनेछ । एपमा सीप विकास, वित्तीय योजना, मानसिक स्वास्थ्यसम्बन्धी जानकारी तथा स्रोतहरू राखिएको छ ।

कोरियन दूतावासका अनुसार, कोरियामा रोजगारका लागि जानुअघि, त्यहाँ कार्यरत रहँदा र फर्किएपछि समेत यो एपले नेपाली श्रमिकलाई सहयोग पुर्‍याउनेछ । साथै, उद्यमशीलता प्रवर्द्धन र वैदेशिक रोजगारलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्