Trending
अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |     चलचित्र ‘जिरो डिग्री’मा नायिका सनिशा भट्टराईको ‘इन्ट्री’     |     आजबाट इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल     |     कांग्रेसले फागुन १७ गते काठमाडौँमा चुनावी सभा गर्ने     |     रास्वपाको पोखराको जनसम्बोधन कार्यक्रम पनि स्थगित्     |    
समाचार

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१५ असार २०८२, आईतवार ०६:४९

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ४७ पैसा र बिक्रीदर १३७ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ २० पैसा र बिक्रीदर ८९ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ९७ पैसा र बिक्रीदर १०० रुपियाँ ४१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १८ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २७ पैसा र बिक्रीदर ३२ रुपियाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०३ पैसा र बिक्रीदर १० रुपियाँ ०८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४० पैसा र बिक्रीदर १४ रुपियाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४३ पैसा र बिक्रीदर २१ रुपियाँ ५३ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३८ पैसा र बिक्रीदर १७ रुपियाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपियाँ २२ पैसा र बिक्रीदर ४४८ रुपियाँ १८ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ७५ पैसा र बिक्रीदर ३६३ रुपियाँ ३४ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ४५ पैसा र बिक्रीदर ३५६ रुपियाँ ०१ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्