Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

नेपाल यू–१६ को तेस्रो लगातार जित

१५ असार २०८२, आईतवार १४:३८

काठमाडौं। एसीसी यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगितामा नेपालले आइतबार इन्डोनेशियालाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ। नेपालले प्रस्तुत गरेको ४२१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इन्डोनेशियाको टोली जम्मा ५० रनमै समेटियो।

नेपालले २४ ओभर ३ बलमै विपक्षीलाई अलआउट गर्दै ३७० रनको फराकिलो जित दर्ता गर्‍यो। नेपालका बलर विपिन शर्माले उत्कृष्ट प्रदर्शन गर्दै ७.३ ओभरमा मात्र १२ रन खर्चिएर ६ विकेट लिए। बलिङतर्फ उनी नै खेलको सुपरस्टार बने।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि प्रसिद्ध जैशीले १३२ रनको शान्दार शतक प्रहार गरे। त्यसैगरी परिमार्जन यादवले ७१ रन, रौनक श्रीवास्तवले ८८ रन र जोय थापाले ५७ रनको योगदान दिए। नेपालले निर्धारित ओभरमा ४२१ रन बनाएको थियो।

यस जितसँगै नेपाल यू–१६ टोलीको प्रदर्शन प्रतियोगितामा अझ बलियो बनेको छ।

प्रतिक्रिया दिनुहोस्