Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

रुकुमबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

१५ असार २०८२, आईतवार १४:४२

त्रिवेणी। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई जटिल स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

गर्भावस्थामा पाठेघरको नलीमै भ्रूण विकास हुँदै जाँदा नली नै फटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा उनलाई आज बिहान जिल्ला अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर भएको भन्दै उनलाई सघन उपचारको लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकका अनुसार नन्दकलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी सुर्खेत पठाइएको हो।

जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले नन्दकलाको सफल शल्यक्रिया गरिएको जानकारी दिँदै थप निगरानी र उपचार आवश्यक भएकाले सुर्खेत रेफर गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्