Trending
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर     |     नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

रुकुमबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

१५ असार २०८२, आईतवार १४:४२

त्रिवेणी। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–२ की ४० वर्षीया नन्दकला खड्का खत्रीलाई जटिल स्वास्थ्य समस्या देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल, सुर्खेत पठाइएको छ।

गर्भावस्थामा पाठेघरको नलीमै भ्रूण विकास हुँदै जाँदा नली नै फटेर आन्तरिक रक्तश्राव भएको अवस्थामा उनलाई आज बिहान जिल्ला अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर भएको भन्दै उनलाई सघन उपचारको लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषी पाठकका अनुसार नन्दकलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी सुर्खेत पठाइएको हो।

जिल्ला अस्पताल रुकुम पश्चिमका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. महेश चौलागाईंले नन्दकलाको सफल शल्यक्रिया गरिएको जानकारी दिँदै थप निगरानी र उपचार आवश्यक भएकाले सुर्खेत रेफर गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्