Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

‘कर्णालीको माटोमा सुन फल्छ, तर सोच बदल्नुपर्छ’- मुख्यमन्त्री कँडेल

१५ असार २०८२, आईतवार १४:५०

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको आर्थिक समृद्धिको आधार कृषि भएकाले परम्परागत खेती प्रणाली त्यागी आधुनिक र व्यावसायिक कृषि प्रणालीमा रूपान्तरण गर्न आग्रह गरेका छन्।

अखिल नेपाल महिला संघद्वारा आइतबार सुर्खेतमा आयोजित राष्ट्रिय धान दिवस कार्यक्रममा किसानहरूसँगै रोपाइँमा सहभागी भएका मुख्यमन्त्री कँडेलले अब कृषि गुजारा चलाउने माध्यम मात्र नभई आम्दानी र रोजगारीको भरपर्दो स्रोत बन्नुपर्ने बताएका छन्।

उनले भने, “कर्णालीको माटोमा सुन फलाउन सकिन्छ, तर त्यसका लागि सोच र कर्मशैलीमा परिवर्तन ल्याउनु आवश्यक छ। खेतीपातीलाई व्यवसायिक ढंगले अघि बढाउन सरकार र किसानले हातेमालो गर्नुपर्छ।”

मुख्यमन्त्री कँडेलका अनुसार कर्णालीको भौगोलिक विविधता विशेष प्रकारका बालीनाली उत्पादनका लागि उपयुक्त भएकाले वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सके कृषि क्षेत्रले कर्णालीको मुहार फेर्न सक्छ।

प्रदेश सरकारले कृषक दर्ता, सहुलियतपूर्ण ऋण, गुणस्तरीय बीउबिजन, मलखादको सहज आपूर्ति र सिँचाइ पूर्वाधारमा लगानी बढाउँदै आएको जानकारी पनि उनले कार्यक्रममा दिए।

प्रतिक्रिया दिनुहोस्