Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

१६ असार २०८२, सोमबार १२:५३

काठमाडौँ। मुगु जिल्लाको कोटडाँडा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रले भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको जानकारी दिएको छ।

यसअघि पनि असार १५ गते मुगु जिल्लाको जिमा क्षेत्र केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल पछिल्ला केही वर्षयता साना परिमाणका भूकम्पहरू बारम्बार महसूस हुन थालेका छन्। भौगोलिक रूपले हिमालय क्षेत्रमा पर्ने नेपाल भूकम्पीय जोखिमको उच्च सम्भावना बोकेको मुलुक हो।

भूकम्पका साना पराकम्पहरूले पनि सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको भन्दै विज्ञहरूले भूकम्पीय सचेतना र तयारीलाई बल दिनुपर्ने सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्