Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

१६ असार २०८२, सोमबार १२:५३

काठमाडौँ। मुगु जिल्लाको कोटडाँडा आसपास क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बिहान ८ बजेर ३९ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको हो। केन्द्रले भूकम्पको केन्द्रविन्दु मुगुको कोटडाँडा आसपास रहेको जानकारी दिएको छ।

यसअघि पनि असार १५ गते मुगु जिल्लाको जिमा क्षेत्र केन्द्रविन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपाल पछिल्ला केही वर्षयता साना परिमाणका भूकम्पहरू बारम्बार महसूस हुन थालेका छन्। भौगोलिक रूपले हिमालय क्षेत्रमा पर्ने नेपाल भूकम्पीय जोखिमको उच्च सम्भावना बोकेको मुलुक हो।

भूकम्पका साना पराकम्पहरूले पनि सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको भन्दै विज्ञहरूले भूकम्पीय सचेतना र तयारीलाई बल दिनुपर्ने सुझाव दिँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्