Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
खेलकुद

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

१७ असार २०८२, मंगलवार ०८:३४

काठमाडौं। १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ। समूह चरणका तीन खेलमा विजयी भएको नेपाल एक खेल अगाडि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।

समूह ‘ए’का तीन खेलमा तीन जित निकाल्दै शीर्ष स्थानमा रहेको नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र भुटानको खेल मंगलबार बिहान ७ः ४५ बजे मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा हुँदैछ।

पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा इन्डिोनेसियाविरुद्ध ३७० रनको विशाल जित निकालेको नेपाल समूह चरणको अन्तिम खेलमा भुटानलाई हराउने लक्ष्यका साथ मैदानमा हुनेछ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूह ‘ए’ मा सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

दुई समूहका विजेता र उपविजेताले समेफिाइनल खेल्नेछन्। सेमिफाइनलमा विजयी टिमले फाइनलमा प्रतिस्पर्धा गर्दा पराजित टिमले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रयोगिताको फाइनल असार २१ गते हुँदैछ।

प्रतिक्रिया दिनुहोस्