Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

अश्लिल भिडिओ बनाउने र बेच्ने युवक टोखाबाट पक्राउ

१७ असार २०८२, मंगलवार ०८:४८

सुर्खेत। महिलाको अश्लिल भिडियो बनाएर बिक्री गरेको आरोपमा सुर्खेतका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति वीरेन्द्रनगर नगरपालिका–६ का २९ वर्षीय रमेश थापा हुन्। उनलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार थापाले नेपाल र विदेशमा रहेका महिला तथा पुरुषलाई आर्थिक प्रलोभन देखाएर भिडियो कलमार्फत अश्लिल गतिविधिमा सहभागी गराउँदै आएका थिए। सो क्रममा उनले ती अश्लिल क्रियाकलापहरू रेकर्ड गरी बिक्रीसमेत गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रहरीले मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा १२१ अनुसार अश्लिल सामग्री निर्माण तथा वितरण गरेको अभियोगमा थापाविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्