Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

फिफा क्लब विश्वकप: युभेन्ट्सलाई हराउँदै रियल मड्रिड क्वार्टरफाइनलमा

१८ असार २०८२, बुधबार ०८:०५

काठमाडौं। अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबल प्रतियोगितामा स्पेनको प्रसिद्ध क्लब रियल मड्रिडले इटालीको युभेन्ट्सलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा रियल मड्रिडले युभेन्ट्सलाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

खेलको दोस्रो हाफको ५४औं मिनेटमा गोन्जालो गार्सियाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो। रियल मड्रिडले खेलभरि आक्रामक प्रदर्शन गर्दै थुप्रै मौका बनाए पनि युभेन्ट्सका गोलकिपर ग्रिगेरियोको उत्कृष्ट बचाउका कारण थप गोल गर्न सकेन।

उता युभेन्ट्सले पनि केही अवसरहरू पाएको भए पनि तीलाई गोलमा परिणत गर्न असफल रह्यो। अब रियल मड्रिडले सेमिफाइनल प्रवेशका लागि जर्मन क्लब बोरुसिया डर्टमुन्ड र मेक्सिकन क्लब मोन्टेरेबीचको विजेतासँग भिड्नेछ।

प्रतिक्रिया दिनुहोस्