Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

तीन फरार प्रतिवादी दुबईबाट पक्राउ

१० आश्विन २०८१, बिहीबार १३:५५

१० असोज, काठमाडौँ। नेपाल प्रहरीको टोलीले ठगीसम्बन्धी कसुर र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका तीन फरार प्रतिवादीलाई दुबईबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादीहरू पाँचथर मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया भूपेन्द्र बोहरा र काठमाडौँ नागार्जुन नगरपालिका-९ बस्ने २८ वर्षीय रियाज भन्ने कवीर बुढाथोकी तथा जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुर इन्द्रसरोवर गाउँपालिका-५ घर भई हाल काठमाडौँ चन्द्रागिरि नगरपालिका-१० बस्ने २६ वर्षीय रोमन कार्की रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, “इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन फरार व्यक्तिलाई सम्बन्धित मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ दुबईमा पक्राउ गरी नेपाल फिर्ता ल्याइएको छ ।” पक्राउ परेकामध्ये भूपेन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७९ जेठ १६ गते रेड नोटिस जारी भएको थियो ।

यसैगरी काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात् इन्टरपोल महासचिवालयबाट विसं २०७० साउन २४ गते कवीर बुढाथोकी र गएको असार १२ गते रोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको प्रवक्ता कार्कीले बताए ।

भूपेन्द्रलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोमा तथा कवीर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्