Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

हिरासत मुक्त गराइदिने भन्दै रकम असुली गर्ने दुई जना सुर्खेतमा पक्राउ

१८ असार २०८२, बुधबार २१:०६

वीरेन्द्रनगर। मुद्दा मिलाइदिने नाममा रकम असुली गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका–३ शान्तिबजार स्थायी घर भई हाल वीरेन्द्रनगर–१० मा बस्दै आएका ४३ वर्षीय कृष्णबहादुर थारु र वीरेन्द्रनगर–१३ इन्द्रपुर निवासी ३४ वर्षीया मुना चन्द रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका एक व्यक्तिलाई हिरासतमुक्त गराइदिने भन्दै ती दुई जनाले पीडित परिवारसँग ५० हजार रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो।

प्रहरीले उनीहरूलाई बेइमानीपूर्वक आर्थिक लाभ उठाउँदै आपराधिक लाभ (एक्सटर्सन) को उद्देश्यले रकम असुली गरेको आरोपमा पक्राउ गरेको हो। उनीहरूविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्