Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

डोल्पामा जुवातास खेल्दै गरेका पाँच जना पक्राउ

१८ असार २०८२, बुधबार २१:१०

काठमाडौँ। डोल्पा जिल्लाको सदरमुकाम दुनैमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ।

बी एण्ड बी होटलको तेस्रो तलामा गुप्त रुपमा बाजी लगाएर जुवा खेल्दै गरेका उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी रुकबहादुर खड्काले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अनुसार कारबाही प्रक्रिया अघि बढाइँदै छ। यसअघि पनि डोल्पामा यस्ता गतिविधिहरु भएका भए पनि मुद्दा नचल्ने अवस्था रहेकोमा, यसपटक पहिलोपटक औपचारिक रूपमा मुद्दा दर्ता गर्न लागिएको हो।

घटनास्थलबाट प्रहरीले नगद एक लाख अठार हजार दुई सय पचहत्तर रुपैयाँ र तासका गड्डीहरू बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा आरोपितहरूले जुवामा प्रयोग भएको रकम नगद तथा बैंकमार्फत कारोबार गरेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्