Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु

२० असार २०८२, शुक्रबार २०:३७

सुर्खेत। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब ३ बजे रोपाइँको क्रममा चट्याङ पर्दा डिलबहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि ज्यान जोगाउन सकिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनको मृत्यु पुष्टि गरेको छ ।

उक्त घटनामा पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरी घाइते भएका छन् । हाल उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले चट्याङजस्ता प्राकृतिक विपत्तिप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्