Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु

२० असार २०८२, शुक्रबार २०:३७

सुर्खेत। सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो करिब ३ बजे रोपाइँको क्रममा चट्याङ पर्दा डिलबहादुर शाही गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि ज्यान जोगाउन सकिएन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनको मृत्यु पुष्टि गरेको छ ।

उक्त घटनामा पर्वत विक, हुमबहादुर थापा, नविन विक र सुनिता गिरी घाइते भएका छन् । हाल उनीहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सुरक्षाकर्मी र स्थानीय प्रशासनले चट्याङजस्ता प्राकृतिक विपत्तिप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्