Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

२१ असार २०८२, शनिबार ०७:३०

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी सेवाका कर्मचारीहरूलाई अब पेन्सन तथा उपदान सुविधा नदिई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले यसबारे सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड तथा अन्य सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई पत्राचार गरेर निर्णय कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

सरकारको नयाँ नीति अनुसार, अब नियुक्त हुने कर्मचारीहरूलाई सामाजिक सुरक्षा ऐन, २०७४ र निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था अनुसारको प्रणालीमा समावेश गरिनेछ ।

सरकारले सन् २०१८ (वि.सं. २०७५) देखि नै केही तहका सरकारी सेवामा योगदानमा आधारित निवृत्तिभरण योजना लागू गरिसकेको भए पनि केही नियामक निकाय र सार्वजनिक संस्थानहरूमा अझै पुरानै पेन्सन तथा उपदान प्रणाली जारी रहेको पाइयो ।

नयाँ निर्णयले अब सामाजिक सुरक्षा योजना लागू नगर्ने संस्थाको कारण सिर्जना हुने दीर्घकालीन पेन्सन वा उपदान दायित्व सरकार आफैंले नबेहोर्ने स्पष्ट पारिएको छ ।

अर्थ मन्त्रालयका अनुसार, यही असार २० गते बसेको अर्थमन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय पारित भएको हो, र अब त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई औपचारिक जानकारी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्