Trending
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |    
समाचार

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

२१ असार २०८२, शनिबार ०७:३०

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी सेवाका कर्मचारीहरूलाई अब पेन्सन तथा उपदान सुविधा नदिई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयले यसबारे सबै मन्त्रालयहरू, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, धितोपत्र बोर्ड तथा अन्य सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई पत्राचार गरेर निर्णय कार्यान्वयनमा लैजान निर्देशन दिएको छ ।

सरकारको नयाँ नीति अनुसार, अब नियुक्त हुने कर्मचारीहरूलाई सामाजिक सुरक्षा ऐन, २०७४ र निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था अनुसारको प्रणालीमा समावेश गरिनेछ ।

सरकारले सन् २०१८ (वि.सं. २०७५) देखि नै केही तहका सरकारी सेवामा योगदानमा आधारित निवृत्तिभरण योजना लागू गरिसकेको भए पनि केही नियामक निकाय र सार्वजनिक संस्थानहरूमा अझै पुरानै पेन्सन तथा उपदान प्रणाली जारी रहेको पाइयो ।

नयाँ निर्णयले अब सामाजिक सुरक्षा योजना लागू नगर्ने संस्थाको कारण सिर्जना हुने दीर्घकालीन पेन्सन वा उपदान दायित्व सरकार आफैंले नबेहोर्ने स्पष्ट पारिएको छ ।

अर्थ मन्त्रालयका अनुसार, यही असार २० गते बसेको अर्थमन्त्रीस्तरीय बैठकबाट उक्त निर्णय पारित भएको हो, र अब त्यसको कार्यान्वयनका लागि सम्बन्धित निकायहरूलाई औपचारिक जानकारी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्