Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

पर्यटन सहकारीकर्मीको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम

२२ असार २०८२, आईतवार ०८:०३

काठमाडौं। नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड, ललितपुरको आयोजनामा राजधानीको मनाङ होटलमा “पर्यटन सहकारी संस्थाका जनशक्तिको क्षमता विकाससम्बन्धी दुई दिने तालिम तथा गोष्ठी २०८२” सुरु भएको छ।

तालिमको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका थिए। कार्यक्रममा गण्डकीका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी र माओवादी केन्द्रका सहकारी विभाग प्रमुख लिलामणि पोखरेल विशेष अतिथिका रूपमा सहभागी थिए।

अन्य वक्ताहरूमा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डी.बी. बस्नेत, सहकारी विभागका उप–रजिस्ट्रार शशि कुमार लम्साल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत सहभागी थिए।

१०३औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर आयोजना गरिएको तालिमको मुख्य उद्देश्य पर्यटन सहकारी संस्थामा आबद्ध जनशक्तिको नेतृत्व विकास, सीप अभिवृद्धि र आत्मनिर्भरता कायम गरी पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहकारीको भूमिका बढाउनु हो।

संघका अध्यक्ष चन्द्र प्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव तेज बहादुर बोहोराले गरेका थिए। स्वागत मन्तव्य संघका सञ्चालक रुपेश तिमिल्सिनाले प्रस्तुत गरेका थिए।

तालिममा पर्यटनमार्फत सहकारी संस्थालाई आर्थिक, सामाजिक रूपमा सबल बनाउने रणनीतिबारे छलफल गरिँदैछ। पर्यटन सहकारी संघले स्थानीय गन्तव्य चिनाउने, सामुदायिक सहभागिता विस्तार गर्ने र पर्यटन व्यवसायमा सहकारीको पहुँच बलियो बनाउने उद्देश्य राखेको छ।

संघको स्थापना सन् २०१४ (२०७१ असार १२) मा लक्ष्मण यादवको अध्यक्षतामा भएको हो। सहकारी ऐन अन्तर्गत ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही र धनुषा जिल्लाका १ जिल्ला संघ र २७ प्रारम्भिक सहकारीहरूको पहलमा संघ गठन गरिएको हो।

२०७१ फागुन १४ मा औपचारिक रूपमा दर्ता भएको केन्द्रीय संघ अहिले १८ जिल्ला संघ र ८२ प्रारम्भिक सहकारी संस्थाको छाता संगठनका रूपमा क्रियाशील छ।

१०३औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा १५० भन्दा बढी सहकारीकर्मी सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस्