Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

गरिखाने शिक्षा प्रणालीमा सरकारको जोड : मन्त्री भण्डारी

२२ असार २०८२, आईतवार ०८:४२

सुर्खेत। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले नेपाली शिक्षा प्रणाली अब व्यवहारमुखी र ‘गरिखाने’ खालको हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

शनिबार काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड)ले सुर्खेतमा आयोजना गरेको शिक्षक सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले अहिलेको सैद्धान्तिक ज्ञानमा मात्र केन्द्रित पाठ्यक्रमले जीवनोपयोगी सीप विकास गर्न नसकेको बताए। उनले “पढ्दै, सिक्दै, कमाउँदै” जाने खालको शिक्षा प्रणालीले मात्र जनशक्तिलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे।

उनले विद्यालय शिक्षा प्रणालीको गुणस्तर सुधारलाई सरकारको प्राथमिक एजेन्डा भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइएको जानकारी गराए।

मन्त्री भण्डारीले सामाजिक पूँजी निर्माणका लागि मानवियतामा आधारित व्यवहार र शिक्षाको आवश्यकता रहेको भन्दै शिक्षक अभावको समस्याको समाधानका लागि प्रदेश सरकार विभिन्न विश्वविद्यालयहरूसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए।

उक्त सम्मेलन शिक्षकहरूको पेशागत विकास, अनुभव आदानप्रदान र समसामयिक शैक्षिक विषयमा छलफल तथा संवाद गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक कुसोडले जनाएको छ। सम्मेलनमा प्रमुख वक्ताहरूका प्रस्तुती, कार्यशाला सत्र र शिक्षकहरूले प्रस्तुत गर्ने अभ्यासमूलक अनुभवहरू समावेश गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्