Trending
वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |     अविरल वर्षाका कारण काठमाडौंका विभिन्न स्थान जलमग्न     |     बागमती नदीमा घट्न थाल्यो पानीको बहाव     |     भोलिदेखि लागू हुँदै सरकारी कर्मचारीको नयाँ तलब     |    
समाचार

सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे

२२ असार २०८२, आईतवार १६:१२

सुर्खेत। कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसमको प्रतिकूलताका कारण चार घण्टा विमानस्थलमै रोकिएपछि हुम्ला प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीको टोली आइतबार बिहान साढे ११ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो। तर कालिकोट क्षेत्रको मौसम खराब भएकाले तत्काल उडान सम्भव भएन। चार घण्टापछि मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री हुम्लातर्फ प्रस्थान गरेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जानकारी दिएको छ।

प्रतीक्षाका क्रममा प्रधानमन्त्री ओली, मुख्यमन्त्री कँडेल लगायतको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर–पश्चिम हेडक्वाटर नेवारेमा विश्राम गरेका थिए। बेलीब्रिज उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको भए पनि मौसमका कारण निर्धारित समयभन्दा ढिलो गरी कार्यक्रम सम्पन्न हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्