Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे

२२ असार २०८२, आईतवार १६:१२

सुर्खेत। कर्णाली करिडोरअन्तर्गत हुम्लाको चुवाखोलामा नेपाली सेनाले निर्माण गरेको बेलीब्रिज उद्घाटनका लागि सुर्खेत आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली मौसमको प्रतिकूलताका कारण चार घण्टा विमानस्थलमै रोकिएपछि हुम्ला प्रस्थान गरेका छन्।

प्रधानमन्त्री ओलीको टोली आइतबार बिहान साढे ११ बजे सुर्खेत विमानस्थलमा अवतरण गरेको थियो। तर कालिकोट क्षेत्रको मौसम खराब भएकाले तत्काल उडान सम्भव भएन। चार घण्टापछि मौसममा केही सुधार आएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री हुम्लातर्फ प्रस्थान गरेको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको सचिवालयले जानकारी दिएको छ।

प्रतीक्षाका क्रममा प्रधानमन्त्री ओली, मुख्यमन्त्री कँडेल लगायतको टोली वीरेन्द्रनगरस्थित नेपाली सेनाको उत्तर–पश्चिम हेडक्वाटर नेवारेमा विश्राम गरेका थिए। बेलीब्रिज उद्घाटन कार्यक्रम बिहान ११ बजेका लागि तय गरिएको भए पनि मौसमका कारण निर्धारित समयभन्दा ढिलो गरी कार्यक्रम सम्पन्न हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्