Trending
नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पिनसीप सगरमाथा स्वीमिङ क्लब     |     इंग्ल्यान्डका विकेटकिपर काठमान्डु गोर्खाजमा     |     सल्यानमा दुई सातामा उच्च ज्वरोबाट चारको मृत्यु, ५१ जनामा स्क्रबटाइफस     |     सुर्खेतमा ब्राउनसुगरसहित तीन जना पक्राउ     |     राहदानी सम्बन्धमा कुनै समस्या नहुने गरी काम गर्न प्रधानमन्त्री कार्कीको निर्देशन     |     चलचित्र ‘पाँच पाण्डव’ शुभमुहूर्त     |     सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो     |     पश्चिमी वायुको प्रभाव कायमै     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा सर्वोच्चको अन्तरिम आदेश     |    
समाचार

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता

२२ असार २०८२, आईतवार २१:१६

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीको निवास भंगालमा भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच गत बिहीबार (असार १९ गते) भेटवार्ता भएको हो ।

उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठलगायत नेताहरू पनि सहभागी भएको स्रोतले जनाएको छ ।

भेटवार्ताका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकाको पछिल्लोपटक भइरहेको विवादबारे चासो राखेका छन् । सो क्रममा बजेट ल्याउन भइरहेको असहजताबारे मेयर साहले पनि आफ्ना कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्