Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा

२७ असार २०८२, शुक्रबार १४:४५

काठमाडौँ। नेपाली फिल्म ‘चिठी’ यही भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको हो।

फिल्मका लेखक तथा निर्देशक माधवराज खरेलका अनुसार ‘चिठी’ कमेडी, सस्पेन्स र थ्रिलर विधामा आधारित छ, जसले दर्शकलाई मनोरञ्जनका साथै रहस्यपूर्ण अनुभव दिनेछ।

फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराईलगायत कलाकारको अभिनय रहनेछ।

‘चिठी’ काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुरलगायत स्थानहरूमा छायांकन गरिएको हो। फिल्मको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन्। एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।

फिल्म निर्माण टिमले दर्शकहरूलाई थ्रिलर अनुभव दिने पूर्ण तयारी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्