Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

फिल्म ‘चिठी’ भदौ २० मा प्रर्दशन हुने, पोस्टरसहित मिति घोषणा

२७ असार २०८२, शुक्रबार १४:४५

काठमाडौँ। नेपाली फिल्म ‘चिठी’ यही भदौ २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सामाजिक सञ्जालमार्फत फिल्मको आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको हो।

फिल्मका लेखक तथा निर्देशक माधवराज खरेलका अनुसार ‘चिठी’ कमेडी, सस्पेन्स र थ्रिलर विधामा आधारित छ, जसले दर्शकलाई मनोरञ्जनका साथै रहस्यपूर्ण अनुभव दिनेछ।

फिल्ममा खड्गबहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, सञ्जित भण्डारी, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, शान्ति प्रिय, प्रविण भुषाल, श्रीदेव भट्टराई, नम्रता खरेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराईलगायत कलाकारको अभिनय रहनेछ।

‘चिठी’ काठमाडौँ, काभ्रेपलाञ्चोक, ललितपुरलगायत स्थानहरूमा छायांकन गरिएको हो। फिल्मको छायांकन जीवन पराजुली र राजन खरेलले गरेका हुन्। एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन्।

फिल्म निर्माण टिमले दर्शकहरूलाई थ्रिलर अनुभव दिने पूर्ण तयारी भएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्