Trending
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक     |     २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’     |     सुनको मूल्य घट्यो, चाँदीको बढ्यो     |     देशभरको मौसम सफा रहने पूर्वानुमान     |     आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर     |     नेपाल वायुसेवा निगमले सुरु गर्यो अस्थायी कर्मचारी कटौती     |     दर्शकले रुचाउन थाले नेपाली चलचित्र     |     महिला क्रिकेट टोली भारत प्रस्थान     |     प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी     |     कुलमानको पार्टीमा को को छन् – यस्तो छ आयोगमा बुझाएको सूचि     |    
खेलकुद

साफ महिला यू-२०: नेपालले भुटानलाई ६–१ ले हराउँदै शानदार सुरुआत

२७ असार २०८२, शुक्रबार २१:३२

काठमाडौं। बंगलादेशमा जारी साफ महिला यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भव्य जितसँगै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेको छ।

शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले पराजित गर्दै तीन अंक हात पारेको हो।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दै चम्किएकी हुन्। उनले खेलको १८औं, ५३औं, ८३औं र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक मात्र होइन, ‘क्वाड्रुपल’ नै पूरा गरिन्। त्यस्तै, सोनु परियारले थप दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।

भुटानका लागि केल्देन वाङ्मोले एक मात्र सान्त्वना गोल गरेकी थिइन्। चार देश सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन फारम्याटमा हुँदैछ। नेपालले आफ्नो दोस्रो खेल आइतबार बंगलादेशविरुद्ध खेल्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्