Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
वातावरण

जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल

११ आश्विन २०८१, शुक्रबार ०३:०२

११ असोज, काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन् ।

इन्डोनेसियाको जाकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौं मन्त्रिस्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण असर परिरहेकाले यसबाट कृषि र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएका बताएका हुन् ।

उनले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वकालत गर्दै आएको स्मरण गरेका मन्त्री पौडेलको सचिवालयले जनाएको छ । मन्त्री पौडेलले भने, “एक संसद् सदस्यको हैसियतमा नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद् गठन गर्न सधैँ वकालत गर्दै आएको थिएँ ।

अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउँदछु ।” नेपाल स्वास्थ्य क्षेत्रमा राष्ट्रिय अनुकूलन योजना विकास गर्ने दक्षिण एसियाको पहिलो देश भएको उनले उल्लेख गरे । मन्त्री पौडेलले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपाय गरिरहेको बताउँदै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अनुसन्धान एवं अध्ययन तथा जलवायु संवेदनशील रोग निगरानी प्रणालीको सुदृढीकरणसँगै स्वास्थ्य संस्थाहरूमा जलवायु प्रतिरोधिता र वातावरणीय दिगोपन कार्यान्वयन गरिरहेको उल्लेख गरे । “स्वास्थ्य क्षेत्रमा जलवायु परिवर्तनको महत्त्वलाई ध्यानमा राखेर नेपालले अनुकूलनका साथै न्यूनीकरणका उपाय अवलम्बन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्