Trending
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |     एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत     |     सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह     |     लुम्बिनीलाई विराटनगरले दियो १४५ रनको लक्ष्य     |     मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा     |     विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै     |     माओवादी कर्णाली प्रदेशसभा संसदीय दलका नेता शर्माद्वारा राजीनामा     |     आज लुम्बिनी र विराटनगर खेल्दै     |    
खेलकुद

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

१९ मंसिर २०८२, बिहीबार २२:१६

काठमाडौं। काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ । आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो ।

काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । सार्कीले ‘प्लेयर अफ दी म्याच’को पुरस्कार पनि जिते ।

प्लेअफमा पुगेपछि भीमले टोलीको तालमेल मिल्दा जित सहज भएको बताए । सुरुआतका खेलमा तालमेल त्यति राम्रोसँग नमिल्दा जित कठिन भएको उनको भनाइ थियो । आज टोलीले योजना बनाए अनुसार नै नतिजा आएको सार्कीले बताए ।

यस्तै प्रशिक्षक मोन्टी देसाई घरेलु नेपाली खेलाडीबारे राम्रोसँग जानकार रहेकाले त्यसको फाइदा काठमान्डूलाई पुगेको सार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्