Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
खेलकुद

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब

१९ मंसिर २०८२, बिहीबार २२:२२

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् ।

आज पोखरा एभेञ्जर्सविरुद्ध उनले ह्याट्रिकसहित ६ ‘विकेट’ लिए । उनी एनपिएलको एकै खेलमा सबैभन्दा बढी विकेट लिने खेलाडी पनि बने ।

शाहबले चार ओभर ‘बलिङ’ गर्ने क्रममा २५ ‘रन’ खर्चिदै छ विकेट लिए । उनले चार दशमलव तीन ‘ओभर’मा जेसन रोयलाई ‘आउट’ गर्र्दै पहिले विकेट लिएका थिए भने दोस्रो विकेट १७ दशमलव चार ओभरमा किरण ठगुन्नालाई आउट गरेर लिए ।

शाहबले पारिको अन्तिम ओभर गर्ने क्रममा ह्याट्रिक लिएका हुन् । अन्तिम ओभरमा चितवनलाई जितका लागि २० रन आवश्यक थियो । उनले पहिलो बलमा ऋषि धवनलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले दोस्रो बलमा विपिन खत्रीलाई ‘स्टमपिङ आउट’ गराए भने तेस्रो बलमा आकाश चन्दलाई मिलिन्द कुमारमार्फत ‘क्याच आउट’ गराए । शाहबले ओभरका अन्तिम बलमा सागर ढकालको विकेट लिए ।

यसअघि एकै खलेमा सबैभन्दा बढी विकेट लिने खेलाडीमा चितवन राइनोजका रञ्जित कुमार थिए । उनले विराटनगर किंग्ससँगको खेलमा चार ओभर बलिङ गर्दै २१ रन खर्चेर पाँच विकेट हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्