काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनायो।
जनकपुरका लागि संगीत कुरेले सर्वाधिक अविजित ४५ रन बनाए । यस्तै, माज सदाकतले ६, असिफ शेख २०, अनिल शाह ७, शुभ कंशाकार ११, सञ्जय कृष्णमूर्ति १४ र कप्तान जान निकोल लोफ्टी इटन शून्य रनमा आउट भए । मयन यादव २७ रनमा अविजित रहे ।
बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्ले दुई–दुई तथा जेजे स्मिथ र रुवेन ट्रम्पलम्यानले एक–एक विकेट लिए ।
यो खेल जितेमा लुम्बिनीले प्लेअफमा स्थान बनाउनेछ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न जनकपुरले भने यो खेलमा जित निकाल्नुपर्नेछ ।