Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
खेलकुद

सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित

१९ मंसिर २०८२, बिहीबार २२:१९

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राख्दै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अङ्क जोडेको छ ।

जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो । ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन् । उसका लागि रवि बोपाराले २९, देव खनालले २८ रन बनाए । साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक/एक विकेट लिए । तीन जना ब्याटर रनआउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए । ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे । ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए ।

इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके । आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए ।

चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक÷एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्