Trending
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |     एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत     |     सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह     |    
विज्ञान र प्रविधि

सामाजिक सञ्जाल नियमनका लागि कानुन निर्माण गर्न सर्वाेच्चको आदेश

११ आश्विन २०८१, शुक्रबार ०३:३०

११ असोज, काठमाडौँ। सर्वाेच्च अदालतले टिकटक बन्द गर्ने सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न निर्देशनात्मक आदेश दिएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णयविरुद्ध परेका रिटहरूको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो।

२०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारले २०८१ भदौ ७ गते खुलाउने निर्णय गरिसकेको छ। त्यसैले सरकारको निर्णय बदर गर्नु नपर्ने भए पनि नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्न निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए।

लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय कितावमा आदेशको ब्यहोरा उल्लेख गरेको र सो सर्वोच्च  अदालतको वेभसाइटमा समेत अपलोड भएको समेत अधिवक्ता लुईंटेलले जानकारी दिए ।

टिकटक बन्द गर्ने निर्णयलाई चुनौति दिदै अधिवक्तात्रय अनन्तराज लुईटेल, प्रतिभा उप्रेती र विशाल थापाको पहिलो निवेदन सहित चौधवटा रिट निवेदन दायर भएका थिए । टिकटक बन्द गर्ने निर्णंयले संविधानको धारा १७९२ (क) ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दावी गरिएको थियो ।

संविधानको धारा १७(१)(क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता र धारा १९(१) मा विद्युतीय प्रकाशन, प्रशारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रृव्य, श्रृव्यदृष्य सामाग्रीको प्रकाशन तथा प्रशारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिवन्ध नलगाइने सुनिश्चित गरिएकोले सरकारको निर्णय गैर कानुनी भएकोले बदरभागी  भएको दावी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्