Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

चलचित्र ‘बेहुली फ्रम मेघौली’को अमेरिका राइट्स बिक्री

११ आश्विन २०८१, शुक्रबार ०३:३८

काठमाडाैं । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको सिनेमा ‘बेहुली फ्रम मेघौली’को विदेश प्रदर्शन अधिकार धमाधम बिक्री भैरहेको छ ।

यतिबेला सिनेमाका सार्वजनिक प्रचार सामग्री टिजर, ट्रेलर तथा गीतले दर्शकमाझ राम्रो हाईप बनाएको छ । सिनेमाको अमेरिका राइट्स बिक्री भइसकेको छ ।

त्यसका साथै अष्ट्रेलिया, युरोप र मध्येपूर्वका देशहरुमा प्रदर्शन अधिकारको लागि कुरा भैरहेकाले केही दिनमा टुङ्गो लाग्ने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनिले खरिद गरेको हो ।

सिनेमा दशैंको घटस्थापनाबाट नै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका ६० बढि शहरमा रिलिज गरिने अमेरिका प्रदर्शन राइट्स किनेका कम्पनिहरुले जानकारी दिएका छन् ।

सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ ।

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्